चितवनका ७१ सहित ८८ जना कोरोना संक्रमित थपिए

चितवनका ७१ सहित ८८ जना कोरोना संक्रमित थपिए

चितवन :  चितवनमा गरिएको परिक्षणमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ७१ सहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजमा ५४ र भरतपुर अस्पताल कोभिड– १९ प्रयोशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५४ जनामा संक्रमण देखिएको हो। यीमध्ये ४० जना चितवनकै हुन् । अन्य १४ जना अन्य जिल्लाका हुन् । अन्य जिल्लाका नवलपरासी पूर्वका पाँच जना रहेका छन्।् यसै गरी बाराका एक, रुपन्देहीका १, तनहुँका दुई, मकवानपुरका २ र गोखाका ३ जना रहेको मेडिकल कलेज चितजनका डाक्टर नविनकुमार चौधरी जानकारी दिनुभयो ।
यसअघि भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ सहित ३४ जना संक्रमित थपिएका थिए।
चितवनका ३१ नवलपुरका २ जना र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका प्रमुख डा . नितु अधिकरीले जानकारी दिनुभयो ।