चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

कुरिनटार :  चितवनमा ८७ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा शुक्रबार राती गरिएको नमुना परिक्षणमा जिल्लाका विभिन्न स्थानीय तहका ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकामा सबै भन्दा बढी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ५० र महिला २३ जना रहेका छन् । कालिकामा ६ जना पुरुष र २ महिला गरि ८ जना, खैरहनीमा २ पुरुष र २ महिला गरि ४ जना र रत्ननगरमा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभि–१९ प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५३३ जनामा परिक्षण गरिएको थियो ।