इच्छाकामनाको ६ जना सहित चितवनमा थपिए एका बिहानै २८ जना कोरोना संक्रमित

इच्छाकामनाको ६ जना सहित चितवनमा थपिए एका बिहानै २८ जना कोरोना संक्रमित

चितवन:  इच्छाकामनाका ६ जना सहित चितवनमा २८ जनामा कोरोना संक्रमित थपिएका छन् ।                                    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा इच्छाकामना गाउँपालिकामा कन्ट्याक्ट्  टेसिङमा परि क्वारेन्टाइनमा रहेका र अन्य जोखिमपुर्ण स्थान बाट सेवा प्रवाह गर्ने ६ जना, भरतपुर महानगरपालिकाका ५,६,८,१०,१२, र १८ नम्बर वडाका ७ पुरुष र ४ महिला गरि११ जना, कालिका नगरपालिका वडा नम्बर ८ र ३ का ५ पुरुष र ५ महिला गरि १० जना र रत्ननगर नगरपालिका वडा नम्बर २ का १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये इच्छाकामना, कालिका र रत्नगरका संक्रमितहर क्वारेन्टिनमा रहेकाहरु हुन् ।

१७३ जनामा कोरोना परिक्षण गरिएको थियो ।
इच्छाकामनामा आज ६ जना थपिएसंगै संक्रमितको संख्या १० पुगेको छ ।