इच्छाकामनामा सडक दुर्घटना ४ जना घाइते। एकको अवस्था गम्भीर

इच्छाकामनामा सडक दुर्घटना ४ जना घाइते। एकको अवस्था गम्भीर

मुग्लिन,२९ भदौ । इच्छाकामनामा दुइ वटा ट्रक एकापसमा ठोक्किदाँ चार जना घाइते भएका छन् । काठमाण्डौबाट नारायणगढ तर्फ जादैँ गरेको ना६ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना४ख ८०११ नम्बरको ट्रक एक नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ खहरेखोलामा आज विहान ८ : २५ बजे एकआपसमा ठोक्किदाँ दुबै ट्रकको चालक र ट्रकमा सवार ४ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको उपचारका लागि पुरानो मेडिकल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले बाटो पुर्ण रुपमा बन्द रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायव उपरिक्षक) सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।