गण्डकी गाउँपालिका वडा नम्बर ७ को आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

गण्डकी गाउँपालिका वडा नम्बर ७ को आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

रबिकिरण रेग्मी
घ्याल्चोक २९ भदौ-
गण्डकी गाउँपालिका वडा नम्बर ७  मा आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको छ।                                                                                  आइतबार एककार्यक्रमको विच  वडा अध्यक्ष तुलसी रेग्मीले उक्त स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा  वडा बासी र बुद्धिजिबि ब्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।शिलान्यास पछि बोल्दै वडा अध्यक्ष रेग्मीले वडा बासिलाई प्राथमिक स्वास्थ्यको लागि सहयोग पुग्ने बताउनु भएको छ । साथै जग्गादाता ब्यक्तीहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।

स्वास्थ्य केन्द्र भवन निर्माणको लागि वडा बासी छबिलाल रेग्मी तथा उहाँका छोराहरु कृतनाथ रेग्मी र तेजप्रसाद रेग्मीले १ रोपनी जग्गा दान गर्नु भएको हो ।