जन्मदिनको अवसरमा अध्यक्ष गुरुङद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा अध्यक्ष गुरुङद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

कुरिनटार :  इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसरमा शनिबार इच्छाकामना ४ कुरिनटार निवासी १८ बर्षिया ब्लड क्यान्सर पीडित तिमोथी परियारलाई रु १० हजार नगद प्रदान गर्नुभएको हो ।
अध्यक्ष गुरुङले जन्म दिनको अवसरमा फजुल खर्च नगरी यस्तै दुखीपीडितहरुका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
क्यान्सर पीडित परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
आर्थिक अभावका कारण अहिले छोरा तिमोथीलाई हस्पिटलबाट घर फर्काएको उहाँका बुबा चन्द्र बहादुर परियारले बताउनुभयो । उपचारका लागि २० देखि २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“अहिले सम्म ७ लाख ऋण लागिसकेको छ, छोराको उपचारका लागि २० देखि २५ लाख लाग्ने डाक्टरले भनेको छ, अहिले आर्थिक अभाव भएपछि घरमै ल्याएको छु । ” छोराको जीवन बचाउनका लागि आर्थिक सहयोग गरिदिनुहन सबै सहयोगी मनहरुसंग उहाँले अनुरोध गर्नुभयो ।
उनलाई उपचारका लागि सिभिल हस्पिटल काठमाडौँमा भर्ना गरिएको थियो । आर्थिक जुटाउन नसकेपछि घर फिर्ता गरिएको परिवारले जनाएको छ ।