त्रिशुलिमा ट्याङकर खसेर आगो लाग्यो, ट्याङकरमा सवार हरुको अबस्था अज्ञात ।

त्रिशुलिमा ट्याङकर खसेर आगो लाग्यो, ट्याङकरमा सवार हरुको अबस्था अज्ञात ।

धादिङ । त्रिशूली नदी ट्याङ्कर खसेर आगालागि भएको छ । पृथ्वी पृथ्वी राजमार्गको गल्छी गाउँपालीका स्थित चिरौदी पुल नजिकै सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जनाकारी दिनुभयो । ट्याङ्कर कहाँबाट आएको र कती नम्वरको समेत खुलेको छैन । ट्याङ्करमा सवार चाकल र सहचालकको अवस्था पनी अज्ञात रहेको छ । रातको समयमा खसेकाले गर्दा उद्दार गर्न समेत कठिनाई भएको र अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जानकारी जनाएको छ । ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदी किनारामा पानीमा परेको छ । प्रहरी अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागी रहेको ट्राफिक प्रहरी प्रमुख भट्टले जनाकारी दिनुभयो ।