पाँचकिलोमा मोटरसाइकल दुर्घटना हुदाँ गोरखाका एक जनाको मृत्यु

पाँचकिलोमा मोटरसाइकल दुर्घटना हुदाँ गोरखाका एक जनाको मृत्यु

कुरिनटार, ५ असोज । चितवनमा सोमबार मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित पाँच किलो भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जादैँ गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल सोमबार बिहान ११ः२० बजेको समयमा आफै अनियन्त्रित भइ दुर्घटना हुदाँ मोटरसइकलमा पछाडी सवार गोरखाको शहिदलखन गाउँपालिका–५ का ४५ वर्षीय सुन बहादुर थापा मगरको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायव उपरिक्षक) सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय युवक करण आले मगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।