मोडलिङमा जम्दै शंकर

मोडलिङमा  जम्दै शंकर

राजेन्द्र आचार्य
चितवन : सरल र निडर स्वभावका शंकर सेढाई एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सक्नुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिवेला राजधानी काठमाडौंमा सङ्घर्षरत हुनुहुन्छ ।
सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको चार वर्षमा नै उहाले धेरै दर्शकको माया पाउनसमेत सफल देखिनुभएको छ । सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफूले यो क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाएको उहाँले बताउनुभयो ।

त्यसयता उहाँले यो अवधीमा नेपालको विभिन्न शहरमागरी २५ वटा भन्दा बढी फेसन शोमा मोडलका रुपमा प्रस्तुत हुनुभएको छ भने उहाँले एक दर्जन बढी फेसन शोमा कोरियोग्राफरको रुपमासमेत काम गर्नुभएको छ ।

स्कूल अध्ययनकै क्रममा अभिनयमा रुचिका कारण आफू मोडलिङमा आउन सजिलो भएको उहाँले बताउनुभयो । छोटो समयमा धेरै चर्चा बटुल्न सफल हुनुभएको शंकरले अभियान गरेको विभिन्न शोमा राम्रै चर्चा बटुल्न सफल हुनुभएको छ ।

यस्तै यो अवधीमा विभिन्न विज्ञापनमा प्रिन्ट र टिभिसी विज्ञापनसमेत गरी अभिनय गरेर शंकरले अलगै पहिचान दिनुभएको छ । विभिन्न ईभेन्ट र म्याग्जिनका लागि उहाँले गरेको फोटो सुटलेसमेत उहाँलाई थप चर्चा दिलाएको छ ।

शंकर भन्नुहुन्छ मोडलिङ फरक भए पनि लगनशिल र आफ्नो मिहिनेतकै कारण आफू विस्तारै अगाडी बढेको छु । मारुनी फिल्ममा साहयक कलाकारको रुपमा अभिनय गरिसक्नु भएका शकंरले अब छिटै आफू राम्रो र फरक पहिचान दिने चलचित्रमा नायकको भूमिकामा आउन लागेका जानकारी गराउनुभयो । विभिन्न चलचित्रका अभिनय कार्यशालामासमेत उहाँले जनाएको सहभागीताले गर्दा उहाँलाई धेरै अफर आए पनि चलचित्रमा आफूले नायकको रुपमा गर्ने पहिलो अभिनय विशेष खालको हुने दावी पनि गर्नुहुन्छ ।

आफूँलाई चुनौती लाग्ने पेशालाई नै अङ्गालेर त्यसलाई अवसरको रुपमा परिर्वतन गरी मोडलिङ प्रति एउटा दरिलो उदाहरण बन्न चाहेको उहाँ बताउनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नुभएको शंकरको आफ्नो लक्ष्य नेपालको एउटा शसक्त मोडल बन्ने रहेको बताउनु भयो ।