तनहुँको आँबुखैरेनीका एक कोरोना सङ्क्रमितको मृत्यु

तनहुँको आँबुखैरेनीका एक कोरोना सङ्क्रमितको मृत्यु

आँबुखैरेनी  : तनहुँको आँबुखैरेनीका कोरोना संक्रमित एक यूवकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।