ईश हराउदैछ किन ? ? ? (कविता)

ईश हराउदैछ किन ? ? ? (कविता)

कुन धाम जान्छौ
कुन घाम ताप्छौ
घाम एउटै त, धाम फरक किन ?
तिमी पनि ईश मान्छौ म पनि ईश नै मान्छु
ईशबाट त ईश्क आउछ ईर्ष्या किन ?
ईशको भुमिमा छौ फेरी पनि आज ईश हराउदैछ किन ?
ईश खोज्न हामी मन्दिर, मस्जिद र चर्चमा आज भौतारिदैछौ किन ?
ईश त मनमन्दिरमा विराजमान छ
कृपालु दृष्टि र सहयोगी हातहरुमा छ
जीबात्मालाई परमात्मा बनाउने सत्कर्ममा छ
फेरी पनि,
ईश खोज्न आज हामी मन्दिर, मस्जिद र चर्चमा भौतारिदैछौ किन ?
कलिको युगमा काल त्यसै पल्केको कहाँ हो र ?
केहि त दोष तिम्रो पनि छ केहि त मेरो पनि
प्रार्थनामा मात्र हैन, ईश सदा छ सबको मन मनमा
ईशको भुमिमा छौ फेरी पनि आज ईश हराउदैछ किन ?
कुन धाम जान्छौ, कुन घाम ताप्छौ
घाम एउटै त, धाम फरक किन ?
तिमी पनि ईश मान्छौ म पनि ईश नै मान्छु
ईशबाट त ईश्क आउछ ईर्ष्या किन ?

लेखक मनकामना केबुलकार कर्मचारी युनियनका अध्यक्ष श्री राजेन्द्र लामा ,

त्रिवेणी युवा क्लब, मुग्लिङका उपाध्यक्षको साथमा युवा व्यवसायी समेत हुन ।