रेग्मी ब्रदर कन्सल्टेनका प्रबन्ध निर्देशक बिज्ञान रेग्मी द्वारा प्रहरी चौकिमा सहयोग

रेग्मी ब्रदर कन्सल्टेनका प्रबन्ध निर्देशक बिज्ञान रेग्मी द्वारा प्रहरी चौकिमा सहयोग

रबिकिरण रेग्मी
आश्विन १५, गोरखा

आरुघाट गाउँपालिका ०४ थुम्मी आर्खेतको प्रहरी चौकिलाई रेग्मी ब्रदर इन्जिनियरिङ कन्सल्टेनले सर्जिकल मास्क, स्यानिटाइजर, हातधुने साबुन लगायतका “कोभीड १९” सुरक्षाकवच उपलब्ध गराएका छन् ।

उक्त सामानहरु कन्सल्टेनका प्रबन्ध निर्देश बिज्ञान रेग्मीले प्रहरी चौकिका असइ कृष्ण बहादुर सिम्खडालाई हस्तान्तरण गर्नुभएको हो ।
असइ सिम्खडाले सहयोगको लागि धन्यवाद ब्यक्त गरेका छन् । साथै प्रगतिको कामना गरे ।