आजको मौसम : सामान्यदेखि आंशिक बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम :  सामान्यदेखि आंशिक बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं :  हाल उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र कायमै रहेको छ।हाल देशका पहाडी भू–भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश ५ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।आज देशभर सामान्यदेखि आंशिक बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना