इच्छाकामनाकी सुमधुर आवाजकी धनी रुपा गुरुङको पहिलो गीत ‘मेरो माया कहाँ छ’ सार्वजनिक( भिडियो सहित)

इच्छाकामनाकी सुमधुर आवाजकी धनी रुपा गुरुङको पहिलो गीत ‘मेरो माया कहाँ छ’ सार्वजनिक( भिडियो सहित)

कुरिनटार  :  सांगेतिक स्टेज कार्यक्रम र टिकट, फेसबुक लगायत सामाजिक सञ्जालमा गीत गाएर चर्चा बटुल्न सफल सुमधुर आवाजकी धनी गायिका चितवनको इच्छाकामनाकी रुपा गुरुङको पहिलो लोकदोहोरी गीत “मेरो माया कहाँ छ” सार्वजनिक भएको छ ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा चर्चा कमाउन सफल इच्छाकामनाकै सितल गुरुङ र रुपा गुरुङको आवाजमा रहेको लोकदोहोरी गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। रुपाको यो पहिलो गीत हो ।
इमेज लोक कलाकार सिजन –२ पब्लिक च्वाईस अवार्ड विजेता सितलले भने यसअघि झण्डै एक दर्जन गीतमा आफ्नो स्वर भरीसकेका छन् । हेर्नु एकै छिन, मत तिम्रै मायामा हराउँदै गए, ढाट्यो जिन्दगीले , सुर्तै मायाले लगायत दर्जन गीत गाइसकेका सितल अहिले विभिन्न युटुब च्यानलहरुमा लाइभ दोहोरीमा व्यास्त छन् । ।

गोरखाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट शब्द रहेको गितमा लोकप्रिय चर्चित मोडल विमल अधिकारी र अनु शाहको डान्सिङ फिचर्ड रहेको छ , भने काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

उक्त गीलाई भावना म्यूजिक सोलुसनको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो ।