नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार २ सय ५३ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा  थपिए २ हजार २ सय ५३ संक्रमित

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरबाट १ हजार ३ सय २९ जना संक्रमित कोरोनामुक्त भएका छन्। आजको पिसिआर १२ हजार ७ सय ८४ रहेको र हाल कुल २२ हजार २ सय १९ सक्रिय संक्रमित रहेका उनले बताए। त्यस्तै संस्थागत आइसोलेसन १० हजार ३ सय २६ जना रहेका छन् भने होम आइसोलेसन ११ हजार ८ सय ९३ जना बसेका छन्। त्यसैगरी हाल देशभरका क्वारेन्टाइन ४ हजार २ सय ३ जना रहेका छन्। आज काठमाडौं उपत्यकामा १५ सय ९९ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा मात्रै आज १ हजार ३ सय ७३ जना संक्रमिथ थपिएका छन्। त्यस्तै भक्तपुरमा ३९ जना र ललितपुरमा १ सय ८७ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।