इच्छाकामना गाउँपालिकाको सेवा प्रवाह बन्द गर्ने तयारी। अध्यक्ष गुरुङपनि होम क्वारेन्टाइनमा

इच्छाकामना गाउँपालिकाको सेवा प्रवाह बन्द गर्ने तयारी। अध्यक्ष गुरुङपनि होम क्वारेन्टाइनमा

इच्छाकामना गाउँपालिकाका प्रसाशकिय बिभागको कर्मचारीलाई कोरोना पोजिटिभ पुष्टि भएपछी गाउँपालिकाले कम्तिमा ५ दिन सेवाप्रवाह बन्द गर्ने भएको छ।                                                                                          सामान्य ज्वरो आएपछी गत १५ गते दारेचोक स्वास्थ चौकिमा नमुना स्वाब संकलन गरिएका    कर्मचारीलाई हिजो कोरोना पुष्टि  भएको हो। हिजो मात्र इच्छाकामना गाउपालिका वडानम्बर ४ का २ जनालाइ कोरोना पुष्टि भएको थियो। हिजो थपिएका २ जना सहित इच्छाकामनामा कुल संक्रमित संख्या१५ जना पुगेको छ।                                            गाउँपालिकाको प्रशासन बिभागमा अहोरात्र खटिएका र सयौं ब्यक्तीहरु सङ प्रत्यक्ष भेटघाट भएका कर्मचारी लाई कोरोना पोजिटिभ पुष्टि भएपछी  कन्ट्याक्ट् टेसिङमा परेको आफू सहित अन्य जिम्मेवार ब्यक्ती र कर्मचारी होम क्वारेन्टाइनमा बस्नपर्ने भएकोले गाउँपालिकाको सेवाप्रवाह कम्तिमा ५ दिन बन्द गर्न लागिएको र त्यसको लागि अहिले भर्चुअल छलफल भै रहेको  गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले जानकारी दिनुभएको छ। गुरुङका अनुसार संक्रमित कर्मचारीको अहिले स्वास्थ अबस्था सामान्य रहेको छ भने उहाँ होम आइसोलेसनमा रहनु भएको छ। स्मरण रहोस इच्छाकामनाका सम्पुर्ण संक्रमितको अबस्था सामन्य रहेको छ।                                                                                         गाउँपालिकाको सेवा प्रवाह मात्र बन्द हुन्छ वा अन्य सरकारी र गैरसरकारी संघ संस्थाको सेवा प्रवाह पनि बन्द हुन्छ भन्ने अहिले सम्म प्रष्ट भएको छैन । इच्छाकामनाका निजि तथा सरकारी विद्यालय समेत यहि आइतबार देखि नियमित संचालनमा आएका थिए।