मनासलु हिमाल आरोहण गर्न बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सामागाउँ पुगे

मनासलु हिमाल आरोहण गर्न बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सामागाउँ पुगे

गोरखा :  सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमाल आरोहणपछि ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सामागाउँ पुगेका छन् ।

मँगलबार हेली एभरेष्ट एयरको हेलिकोप्टरबाट बिहान ११ बजे सामागाउँमा उत्रिएका राजकुमार सेख मोहम्मदलाई सामागाउँका वडाअध्यक्ष वीरबहादुर लामासहितको सांस्कृतिक समूहले छुवा लगाएर स्वागत गरेका थिए । राजकुमार र उनका सहयोगी सहित २१ जनाको टोलीलाई हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको हो ।

अक्टुवर १५ देखि २० तारिखभित्र ८,१३० मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम छ ।’
मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको थियो । राजकुमार खलिफा र उनको टोलीलाइ सामागाउँका स्थानीयले म‌ँगलबार स्थानीय स‌ँस्कृति अनुसार स्वागत सत्कार गरेका छन् ।