प्रभु बैँक कुरिनटार शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द

प्रभु बैँक कुरिनटार शाखामा कार्यरत  कर्मचारीलाई कोरोना संक्रमण भएपछि  सेवा बन्द

कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको प्रभु बैँक कुरिनटार शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।
ती कर्मचारी ज्वारो आएपछि एक हप्ता अघिदेखि बैँकमा उपस्थित नभएको  बुझिएको  गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरिदेवकोटाले जानकारी दिनुभयो ।
सबै कर्मचारीको पिसिआर टेष्ट गरेर कार्यालयमा सेनिटाइजरिङ गरेपछि   बैँक खुल्ने जनाएको छ ।