पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा संक्रमण

काठमाडौं :  कोरोना भाइरस संक्रमितको संख्या नेपालमा निरन्तर बढ्न थालेको छ । पछिल्लो २४घण्टामा देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

संक्रमितमध्ये ७१ हजार ३ सय ४३ जना निको भएर घर फर्किएका छन् भने ५९० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।