गोरखामा ९ वटा व्यवसायीलाई १ लाख २५ हजार जरिबाना

गोरखामा ९ वटा व्यवसायीलाई १ लाख २५ हजार जरिबाना

गोरखा २४, असोज । जिल्लाको सदरमुकाम क्षेत्रमा उपभोक्ता हित बिपरित सञ्चालन भएका ९ वटा पसललाई कारवाही गरेको छ । बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले बिभागकी निरिक्षण अधिकृत समेत रहनु भएकी गोरखा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ९खत्री० को नेतृत्वको टोलीले बिभिन्न होलसेल तथा खुद्रा किराना पसलहरुलाई ५ हजारदेखि १० हजारसम्म जरिबाना गराएको हो ।

अनुगमनका क्रममा उपभोक्ता हित बिरुद्ध कार्य गरेको भेटिएका श्रेष्ठ किराना स्टोर्सलाई २० हजार, राना किराना स्र्टोसलाई १५ हजार, खोप्लाङी सप्लार्यसलाई १५ हजार, कमला स्र्टोसलाई २० हजार, बिशाल न्यु किराना स्र्टोसलाई २० हजार, श्रीराम किराना स्र्टोसलाई ५ हजार, जोसी क्वालिटी किरानालाई १० हजार, सौगात स्टोर्सलाई १० हजार र दिप्सन स्टोर्सलाई १० हजार जरिवाना गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

अनुगमनका क्रममा श्रेयन स्टोर्स, सरिता किराना स्टोर्स, न्युसाजन स्टोरलाई सामान्य सचेत गराए छाडिएको प्रसासनले जनाएको छ । अनुगमनका क्रममा सदरमुकाम स्थित मुस्कान मसला किराना पसल, खुस्बु मसला पसल, जोस किराना पसलमा अखाद्य बस्त मिसिएको भेटिएपछि त्यसलाई नियन्त्रण्मा लिइएको छ ।

त्यस्तै अनुगमनका क्रममा आयुस्मान किराना पसलमा ढकमा समस्या देखिएका, अंशु फे्रस हाउस, उमर फारु फ्रेसहाउस लगायतम सरसफाई नपुगेको भन्दै सचेत गराइएको छ । अनुगमन टोलीले गरेको अनुगमनमा अधिकासं किराना पसलमा म्याद गुज्रेको, लेवल नखुलेको अखाद्य बस्तु समेत फेला परेको पाइएको प्रसासनले जनाएको छ ।