लाइन्स कल्ब हाइभिजन काठमाडौको सहयोगमा गण्डकी गाउँपालिका वडा नम्बर ७ मा राहत वितरण

लाइन्स कल्ब हाइभिजन काठमाडौको सहयोगमा गण्डकी गाउँपालिका वडा नम्बर ७ मा  राहत वितरण

रबिकिरण रेग्मी 


गोरखा २४ असोज –  गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत वडा नं ७ मा रहेका आर्थिक अवस्था न्यून भएका ५० घरलाई लाइन्स कल्ब हाइभिजन काठमाडौको सहयोगमा गण्डकी गाउँपालिका वडा नम्बर ७ समन्वयमा राहत वितरण गरिएको छ ।

राजमार्गबाट नजिक भएता पनि बिश्वभर फैलीएको कोरोना भाइरस (कोभिड १९ ) संक्रमणको कारण आफ्नो दैनिकी गुजारा गर्न गाह्रो भएका घर परिवारलाई राहत वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मी ,निरन्तर समाजसेवामा लाग्नु भएका र यो राहत ल्याउन पहल कदमी गर्नु हुने यसै वडाका युवाहरु सुधीर कार्की र शंकर भट्टराई र वडाका अन्य बुद्धिजिवि ब्यक्तिहरुको उपस्तिथिमा राहत वितरण गरेको हो ।

उक्त कल्बले वडा नम्बर ७ मा न्यून आर्थिक अवस्था भएका ५० घर चेपाङ , दलित तथा सीमान्तकृत समुदायको लागि ५० बोरा चामल , वितरण गरिएको हो