लघुकथा भुईँ र खाट

लघुकथा भुईँ र खाट

तेरो औकात यत्ति नै हो, बुझिस्, तलै बसेर मेरो सेवा गर्ू हरेक दिन खाटले भुईँलाई हकार्थ्यो । निर्धो भुईँ अकर्मण्यताको आँसु झारेर टुलुटुलु हेर्न विवश थियो । खाटका बलशाली चार खुट्टाहरुको पेलाईको उत्तर थिएन ऊसँग ।
एकदिन भुईँले आफू पनि उठ्ने आँट गर्यो । के रे के रे तँ नाथेले मेरो बराबरी गर्ने ? तँलाई त म कुल्चेरै कच्याककुचुक बनाउँछु । चरमोत्कर्षमा थियो खाटको अभिमान ।
भुईँले अब एक पल पनि खाटको अत्याचार नसहने निर्णय गर्यो । अचानक धरा काँप्यो, भुईँचालो आयो । अघिसम्म रवाफ देखाईरहेको खाट अहिले भग्नावशेष पनि नभेटिनी गरी धरतीको गर्भमा पुगिसकेको थियो ।

महान त्यागी
बेनिघाट रोराङ गा.पा वडा नं ५, धादिङ