तनहुँको आँबुखैरेनी ३ का १२ बर्षिय बालकमा कोरोना संक्रमण

तनहुँको आँबुखैरेनी ३ का १२ बर्षिय बालकमा कोरोना संक्रमण

आँबुखैरेनी :  आज तनहुँमा दुई जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का १२ बर्षिय बालक र बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ५७ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा आज तनहुँका दुई जना सहित १९ जना संक्रमित थपिएका छन् । थपिएका मध्य पोखरा महानगरपालिकाका १७ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २४ जना पुगेको छ ।