इच्छाकामना ४ का थप २ जना पुरुषमा कारोना संक्रमण पुष्टि

इच्छाकामना ४ का थप २ जना पुरुषमा कारोना संक्रमण  पुष्टि

कुरिनटार :  चितवनमा गरिएको परिक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल (कोभिड –१९)प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ५४ सहित ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ३० जना, राप्तीका ७ ,खैरहनीका ५, माडीका २,रत्ननगरका ५, कालिकाका ३ र इच्छाकामनाका २ जना रहेका छन् ।

इच्छाकामना वडा नम्बर ४ का २ जना पुरुषमा संक्रमण भएको हो । उनिहरु दुबै जना बर्ष ३९ का रहेको अस्पतालले जनाएको छ ।
यसैबिच काठमाडौँका २ नवलपरासी, तनहुँ र सर्लाहीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रप्रयोगशालाले जनाएको छ ।