ग्यास पड्किँदा ११ घाइते, एक जनाको अवस्था गम्भीर

ग्यास पड्किँदा ११ घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौं :  काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बजारको फलफुल चोकको एक घरमा ग्यास पड्किँदा एक गम्भीर सहित ११ जना घाइते भएका छन् ।

घाइतेहरुको त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको महानगरिय प्रहरी परिसर लैनचौर ९सोह्रखुट्टे० डिएसपी दिपक खड्काले बताए ।

खड्काका अनुसार घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले घट्ना स्थल पुगेको थियो । “घरमा एक्कासी आगलागी भएपछि स्थानीयले हामीलाई खबर गरे, त्यहाँ पुग्दा ग्यास पड्किएको र वरिपरि धुँवै धुँवा भएको थियो ।” डिएसपी थापाले भने ।

डिएसपी खड्काका अनुसार फलफूल चोकमा रहेको नीलकुमार क्षेत्रीको घरमा ग्यास लिक भई विस्फोट भएको हो । र अहिले नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।