चितवनका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका  थप  ५१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन :  जिल्लामा गरिएको परिक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल (कोभिड–१९ ) प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ५१ सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १७, राप्तीनगरपालिकाका २०,खैरहनीका ८, रत्ननगरका १, र कालिकाका ५ जना रहेको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

अन्य ४ जना भने बाहिर जिल्लाका रहेका छन् । पाल्पाको तानसेनका २ जना,पाल्पाकै रामपुरका १ जना र रुपन्देही सियारीका १ जना रहेको डा. अधिकारीले जानकारी दिइन् । डा. अधिकारीका अनुसार  ३०५ जनाको कोरोना परिक्षण गरिएको थियो ।