कोरोना संक्रमणबाट खैरहनीका वडा सदस्यको निधन

कोरोना संक्रमणबाट खैरहनीका वडा सदस्यको निधन

चितवन  : कोरोना संक्रमणबाट चितवनको खैरहनी १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको निधन भएको छ ।

क्यान्सरबाट पीडित पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ः३० बजे मृत्यु भएको हो । ४१ वर्षीय उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो ।

पाण्डेमा दुई दिनअघि कोरोना संक्रमणसमेत पुष्टि भएको थियो । पाण्डे स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।