आजदेखि आँबुखैरेनी बजारमा ‘नो हर्न, नो स्पिड, नो ओभरटेक’

आजदेखि आँबुखैरेनी बजारमा ‘नो हर्न, नो स्पिड, नो ओभरटेक’

तनहुँ   : आज (शनिबार)देखि आँबुखैरेनी बजारमा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधानहरु हर्न बजाउन, जथाभाबि ओभरटेक गर्न र तीव्र गतीमा चलाउन नपाईने भएको छ। सरोकारवालाहरुसँगको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आँबुखैरेनीमा आज कार्तिक १ गते देखि लागु हुने गरि नो हर्न, नो स्पिड, नो ओभरटेकको नियम लगाएको हो।

अब देखि आँबुखैरेनी बजार प्रवेश स्थल बसपार्क छेउ देखि गाउँपालिका चोकसम्म अत्यावश्यक बाहेक कुनै पनि सवारी साधानहरुले हर्न बजाउन, जथाभाबि ओभरटेक गर्न र तीव्र गतीमा हाक्न नपाउने भएको आँबुखैरेनीका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक राजु श्रेष्ठले बताउनुभयो। नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई ट्राफिक नियमानुसार कारवाही गरिने पनि उहाँले बताउनुभयो।
आज   चालकहरुलाई पर्चा पम्पप्लेटवितरण गरि जानकारी गराइएको उहाँले बताउनुभयो ।