नेविसंघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा सनम पन्त

नेविसंघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा सनम पन्त

 

कुरिनटार :    नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाको सभापतिमा सनम पन्त चयन हुनुभएको छ । इच्छाकामना ४ लेवाटारमा सम्पन्न प्रथम अधिवेशनबाट पन्त सर्वसहमतिले सभापतिमा चयन हुनुभएको हो ।
यसैबिच उप–सभापतिमा लक्ष्मी त्रिपाठी, सचिवमा करण कुँवर, सह–सचिवमा सफल गुरुङ र कोषाध्यक्ष बादल परियार चयन हुनुभएको छ ।
अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसहमतिले चयन गरिएको सभापति सनम पन्तले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल विद्यार्थी संघ चितवनका सभापति सुर्य ढकालको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस जिल्ला सदस्य विष्णु कुँवर लगायतको उपस्थित रहनुभएको थियो ।