चितवनको इच्छाकामनाका ४ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको  इच्छाकामनाका  ४ सहित  थप ३४ जनामा कोरोना   संक्रमण पुष्टि

चितवन :  जिल्लामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर (कोभिड –१९ )परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २८ सहित थप ३४ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालले आज ( मंगलबार) विहान ५ बजे सार्वजनिक गरिएको विवरण अनुसार भरतपुर महानगरपालिकाका १७ जना, राप्तीका १,, माडीका १, इच्छाकामनाका ४ , खैरहनीका २ र रत्ननगरका ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
अन्य ६ जना भने बाहिरी जिल्लाका रहेका छन् । मकवानपुरको हेटौँडाका २ , नवलपरासीको गैँडाकोटका १ र रुपन्देही लुम्बिनीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।