इच्छाकामनामा १ जनामात्र नयाँ संक्रमित, ३ जना पुरानै

इच्छाकामनामा १ जनामात्र नयाँ संक्रमित, ३ जना पुरानै

कुरिनटार : इच्छाकामना गाउँपालिकामा आज १ जना  महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनि कन्ट्रयाक ट्रेसिङमा परेकी थिइन् । कन्ट्याक ट्रेसिङमा परेपछि उनि होम क्वारेन्टिनमा बस्दै आएकी छिन् ।
यसअघि ४ जनामा पुष्टि भनिएकोमा ३ जना पुरानै रहेको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकि ३ जना केहि दिन अघि कोरोना पोजेटिभ देखिएर होम आईसोलेसनमा रहेको र उनीहरुको पुनः कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो।
उनिहरुको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा  परिक्षण गरिएको हो ।