आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

आजको मौसम :  पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं :   देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन।हाल देशका उच्च पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ६ बजे काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ ।त्यस्तै देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।