समाधिको सारांश

समाधिको सारांश

समाधिको परिभाषा दिन कठिन छ । यसको वर्णन अलग अलग शब्दबाट भयको छ। महर्षि पतन्जली र महर्षि घेरण्डले अलग अलग नामबाट यसको वर्णन गरेका छन्। मानिसको मनोविज्ञानाट अनुमान लगाउन सकिन्छ । एउटा अवस्थाबाट अर्को अवस्थामा आउने अवस्था नै समाधि हो । यस्तो अवस्थाको वर्णन कोही पनि गर्न सक्दैन तैपनि आफ्नो अनुभवको आधारमा मानिसले पथ प्रदर्शक सिद्धान्त दिएका छन्। समाधिको बारेमा योगसूत्र, हठयोग प्रदीपिका, घेरण्ड संहिता तथा अरु ग्रन्थ हरूमा अलग प्रकारले वर्णन गरिएको भएता पनि सबै मानिस र चिन्तकहरु के बिन्दुमा पुगेर सहमत भएका छन् भने समाधि एउटा स्थिति हो, जुन मानिसले प्राप्त गर्न सक्छ ।

समाधिको स्थितिमा मानिसमा आत्मज्ञान, आत्मसाक्षात्कार प्राप्त हुन्छ । जब हामी मानवीय सीमालाई पार गर्छौँ भने अगाडिको क्षेत्र उसको ज्ञानको क्षेत्र हुन्छ। यस प्रकार हामीले अलग अलग अवस्था प्राप्त गरेका हुन्छौँ, त्यसैलाई नै अलग अलग समाधिको नामबाट जानिन्छ । एकाकार हुनु, आत्मासाक्षात्कार हुनु चेतनाको शुद्ध अवस्थाको परिणाम हो । यस्तै जीवनको सबै परिस्थिति, कर्म, व्यवहार र जीवनपद्दति मानिसका दुईओटा भागमा बाँडिएको हुन्छ पहिलो प्रवृत्ति मार्ग र दोश्रो निवृत्ति मार्ग । प्रवृत्ति मार्ग स्वयं आफूलाई भुलाउने मार्ग हो भने निवृत्ति मार्ग स्वयं आफूलाई चिन्ने मार्ग हो । एउटामा सजगता आउँछ, ज्ञान आउँछ अथवा पहिला जुन कर्म गरेको हुन्छ, त्यो प्रवृत्ति मार्ग हो। त्यसवाट मानिसलाई आत्मसन्तुष्टी भएन भने थप चिज खोज्न सुरू गर्छ जसबाट आत्मसन्तुष्टि मिल्छ । त्यहाँवाट आफूले एउटा मार्ग अपनाउँछ, चाहे त्यो कुनै प्रकारको धार्मिक कार्य हो, चोट साधनात्मक कार्य हो, चाहे भक्ति मार्गको कार्य होस्, चाहे पूजापाठ, श्रद्दा दान, तीर्थ, पुण्य इत्यादि होस्, चाहे स्वयम्लाई गुरूको प्रति समर्पित गर्ने मार्ग होस्, जीवनमा जे देखेको छौँ विस्तारै विस्तारै आफ्नो आन्तरिक आवश्यकता पूर्ण भएको पाएपछि स्वंयलाई देख्न थाल्दछौँ र स्वंयको पहिचान गर्न थाल्दछौँ ।

त्यसपछि केही पूर्ति भए जस्तो, केहि प्राप्ति भए जस्तो अनुभूति हुन्छ । त्यही प्राप्तिले निवृत्ति मार्गमा बढ्नको लागि प्रेरित गरेको हुन्छ। बहपूर्णाहुतिलाई पनि समाधि भनिन्छ । त्यसलाई प्राप्त गर्नको लागी विभिन्न अभ्यास, पद्दति या साधना योगलाई माध्यम वनाउछौँ, अतः एउटा दृष्टिकोणवाट र्को दृष्टिकोणको विचार विन्दुवाट देख्नु, निवृत्ति मार्गको अन्तिम परिणति समाधि हो, जहाँ स्वयं जान चाहान्छ। सवै शास्त्र र ग्रन्थमा जुन अवस्थालाई ब्रह्मज्ञानबाट जानिन्छ, उही स्वयंमा समाधिको स्थिति हो। किनकी सम्हालिएर शव्दको उत्पती वृहू धातुबाट भएको हो, जसको अर्थ हो विकसित हुनु। चेतनाको विकासको क्रममा जसले नयाँ आयामको जानकारी र ज्ञान मानिसले प्राप्त गर्छ भने उसलाई (ब्रहाज्ञान) भनिन्छ । यसलाई वुझ्नको लागि परा, अपरामा जानु पर्छ । शास्त्रीय विश्लेषण अनुसार, पराज्ञान (ब्रहाज्ञान हो, अपरा ध्यान स्थिति हो, अपरावाट जब परा स्थितिमा प्रवेश हुन्छ । जसमा नाम, रूप, विचारको केही महत्व रहँदैन, केवल चेतनाको एक आभास मात्र हुन्छ, त्यही ब्रहाज्ञानको स्थितिलाई समाधि भनिन्छ।

समाधिको विषयमा भगवान श्रीकृष्णले भनेका छन् समाधि यस्तो स्थितिको नाम हो, जहाँ मानिस बन्धन मुक्त हुन्छ । जसबाट राग द्वेष, लोभ, मोह, छल, कपट,अविर्धा इत्यादी सांसारिक वन्धनले मानिसलाई प्रभावित पार्न सक्दैन जुन जीवनको हर परिस्थितिमा समभाव धारणा गरि रहन्छ। समभावमा वरावर स्वतन्त्रता प्राप्ति हुन्छ। पुण्य कर्म वा पाप कर्ममा पनि समाधिको स्थिति आत्मशुद्धिको स्थिति हो । रामचरित मानसू र उपनिषद्ूमा पनि यसको चर्चा गरिएको छ। अनिवार्य उपनिषद् का शान्ति मन्त्र, पुर्णबाट पूर्ण निकाले पनि पूर्ण नै शेष रहन्छ। अपूर्ण हुँदैन। यो भाव ब्रह्रावस्थाको वर्णनमा गरिएको छ। जब वोध हुँदैन आफुलाई पहिचानिँदैन। योगमा पनि समाधिलाई एक वृत्तिको रूपमा लिइन्छ समाधिको अवस्थामा पनि एउटा नाम दिइन्छ ब्राहि वृर्ति। गोस्वामी तुलसीदासले रामायणमा पनि यसको चर्चा गरेका छन्।

समाधिको विषयमा महर्षि घेरण्डले भनेका छन्, समाधि सर्वोच्च योग हो, यो साधरण क्रिया होइन । सबै साधक यसको उच्च अवस्थासम्म पुगन सक्दैनन् । समाधिको रूप परम योगवादी भाग्यमानीलाई नै प्राप्त हुन्छ, जससँग विशेष गुण रहेको हुन्छ, उसलाई प्राप्त हुन्छ । जो गुरुभक्त हुन्छ वा गुरूको जसप्रत्ति आशिर्वाद छ। विद्याप्रत्ति, गुरूका प्रत्ति आत्माका प्रत्ति र मनको प्रवोध जसमा दिनानुदिन बढ्दै जान्छ उस योगिलाई मात्र समाधि अभ्यासको आधिकारिक व्यक्ति मान्न सकिन्छ । शरीरबाट मनलाई भिन्न गरेर परमात्मामा विलिन हुनुपर्छ । समाधि योगमा भेद छ ध्यानयोग, नादयोग, रसानन्द योग, लयसिद्धि योग, भक्ति योग र राजयोग । ध्यान योगको समाधि शम्भो मुद्रामा, नाद योगको खेचरी मुद्रामा, रसानन्द योगको भ्रामरी मुद्रामा, लयसिद्धि योगको योनि मुद्रामा,भक्ति योगको मनोमूच्छाबाट र राजयोग समाधि कुम्भकबाट सिद्धि हुन्छ।

कैलाश कोइराला
लेखक नेपालि काङग्रेस का उपसभापति हुन।