शनिबार गोरखामा थपिए ३० जना कोरोना संक्रमित

शनिबार गोरखामा थपिए ३० जना कोरोना संक्रमित

गोरखा,२२ कात्तिक । आज गोरखामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।संक्रमण देखिएकाहरुमा सरकारी कार्यालयका चालक, वडा कार्यालयका कर्मचारी देखी सहकारीमा पैसा उठाउने कर्मचारीहरु सहित ३० जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले जारी गरेको सूचना अनुसार गोरखा नगरपालिकामा १४ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको छ भने पालुङटार नगरपालिकामा २ महिला र १ पुरुषमा संक्रमण देखिएको जनाएको छ । त्यस्तै गरी जिल्लाको अजिरकोटा गाउँपालिकामा ६ महिला र २ जना पुरुषमा समेत संक्रमण देखिएको छ ।

गोरखा नगरपालिकामा संक्रमण देखिएकाहरु मध्ये मालापोत कार्यालय गोरखाका ६ जना कर्मचारी, गोरखा नगरपालिकाका चालक १ जना, वडा नम्बर ८ को कार्यालयमा काम गर्ने कर्मचारी १ जना र सदरमुकाममा रहेको सहरकारीमा काम गर्ने महिला कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।

गोरखा नगरपालिका ८ मा बसोबास गर्ने ९३ बर्षका बृद्वमा समेत कोरोना संक्रमण देखिएको छ । बृद्व परिवारमा छोरी र बुहारीलाई पनि संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।