कोरोना कहर : चितवनमा यस बर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

कोरोना कहर :  चितवनमा यस बर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

 

चितवन, २२ कात्तिक । चितवनमा यस बर्षको तिहारमा देउसीभैलो खेल्न नपाउने भएकोछ । जिल्ला प्रशासन कार्यालय चितवनले यस बर्ष कोरोना फैलने सक्ने भन्दै देउसीभैलो नखेल्न आग्रह गरेको हो । प्रशासनले नजिकिदै गरेको नेपालीको दोस्रो महान् पर्व तिहारमा देउसीभैलो खेल्दा कोरोना संक्रमण झन् भयावह हुन सक्ने भन्दै देउसीभैलो नखेल्न आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार तिहारमा घरदैलोमा जाने, देउसीभैलो खेल्ने, आसिस दिन, दान दक्षिणा उठाउने काम गर्न पाइने छैन । यो समयमा देउसीभैलो भन्दा आफ्नो, आफन्त र समाजको स्वास्थ्यको ख्याल राख्नुपर्ने भट्टराईले बताउनुभयो । उहाँले कोभिड–१९ लाई मध्यनजर गर्दै तिहारमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको जानकारी दिनुभयो । यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।