नेपाल तरुणदल इच्छाकामनाको अध्यक्षमा जिवन सिलवाल चयन।

नेपाल तरुणदल इच्छाकामनाको अध्यक्षमा जिवन सिलवाल चयन।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल  तरुण दल इच्छाकामना गाउँपालिका कार्यसमितिको अध्यक्षमा जिवन सिलवाल सर्वसम्मतले चुनिनु भएको छ।                                                                                      आज आइतबार मगर सेवा समाज भवन केबलकारमा नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ, इच्छाकामनाका सभापती तथा गाउँपालिका उप प्रमुख कृतीकुमार श्रेष्ठ, गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ लगाएतको उपस्थितिमा भएको भेलाले जीवन सिलवाल लाई नेपाल तरुणदल इच्छाकामना गाउँपालिका कार्यसमिती अध्यक्षमा छनौट गरेको हो।   भेलाकै अबसर पारेर नेकपा इच्छाकामनाका कार्यकर्ता तथा कानुन व्यावसायि होमनाथ सिलवाल नेपाली कांग्रेस प्रवेश गरेका छन। नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले सिलवाल लाई टीका लगाइ पार्टी प्रवेश गराएका हुन।