अवैधरुपमा नदीजन्य पदार्थ ओसार्दै गर्दा मध्यरातामा दुई ट्रिपर कुुरिनटारबाट नियन्त्रणमा

अवैधरुपमा नदीजन्य पदार्थ ओसार्दै गर्दा मध्यरातामा दुई ट्रिपर कुुरिनटारबाट नियन्त्रणमा

कुरिनटार, २५ कात्तिक । इच्छाकामनामा अवैधरुपमा नदी जन्य पदार्थ उत्खनन् गरि ओसारपसार गरिरहेको अवस्थामा दुई वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ । त्रिशुली नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ लैजान तयारी गरिरहेको अवस्थामा बा ५ ख ५२१६ र बा ४ ख २९०२ नम्बरको ट्रिपरलाई चितवनको इच्छाकामना ४ कुरिनटार स्थित सोताबगरबाट गएराती १२ ः ३० वजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुबै ट्रिपरलाई गाउँपालिकामा बुझाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) सुर्य बहादुर रानामगरले जानकारी दिनुभयो ।