पुर्व युवराज पारस द्वारा कुरिनटार स्थित इच्छाकामना मन्दिरमा पुजा-अर्चना।

पुर्व युवराज पारस द्वारा कुरिनटार स्थित इच्छाकामना मन्दिरमा पुजा-अर्चना।

पुर्वयुवराज पारस साह द्वारा चितवनको इच्छाकामना गाउँपालिका स्थिति कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा बिधिबत पुजा-अर्चना सम्पन्न गर्नु भएको छ।                                                                                      पोखरा बाट करिव मध्याह्न १२ बजे आफ्ना सहयोगी सहित कुरिनटार आइपुग्नु भएका पुर्वयुवराज पारस साहले स्थानिय पुजारी थानेश्वर काप्रीको सहयोगमा मन्दिरको विभिन्न पिठहरुमा पुजा गर्नु भएको पारस साहको पुजाको लागि ब्यबस्थापन गर्नुहुने स्थानिय युवा तथा समाजसेवी कृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ।                                                                                          १९७१ को डिसेम्बरमा जन्मिनुभएका पुर्व राजा ज्ञानेन्द्र साहको पुत्र पारस साहको कुरिनटार स्थित मन्दिर भ्रमणको लागि ए टि एफ फोर्स इच्छाकामनाका सदस्यहरुले स्वागत र सुरक्षाको ब्यबस्थापन  गरेको थिए भने स्थानिय समाजसेवि कृष्ण श्रेस्ठले अनुरोध सहित अन्य ब्यबस्थापकिय भुमिका खेल्नु भएको थियो।  पुर्व युबराज पारसलाई स्वागतगर्न  तथा हेर्नमात्रै भएपनी  सबै उमेर समुहको सयौं स्थानिय समेत कुरिनटार मन्दिर परिसरमा उपस्थित भएका थिए। बिधिबत पुजा सम्पन्न गरि उहाँ इच्छाकामनाकै चुम्लिङटारमा रहेको सिद्धार्थ रिसोर्टमा खाना खाएर काठमाडौ तर्फ जाने कार्यक्रम रहेको छ।