मोटरसाइकल दुर्घटना हुदाँ पर्वत कुस्माका एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुदाँ पर्वत कुस्माका एक जनाको मृत्यु

मुग्लिन :  चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको ग ७ प २०२३ नम्बरको मोटरसाइकल नारायणगढ–मुग्लिन सडक अन्तरगत चितवनको इच्छाकामना ६ स्थित चेपाङ डाँडाँमा बुधबार साँझ ५ : ५० बजे आफै अनियन्त्रित भई सडक देखी ५० मिटर तल त्रिशुली नदिमा खस्दा पछाडी सवार पर्वतको कुस्मा नगरपालिका १४ का २६ बर्षिय भेष बहादुर क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको साँझ ६ : ४० बजे पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायव उपरिक्षक) सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते चालक सोही स्थान बस्ने २५ बर्षिय अनिल बिकको भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।