तनहुँको आँधिमुलमा यस बर्ष एकादशी मेला नलाग्ने

तनहुँको आँधिमुलमा यस बर्ष एकादशी मेला नलाग्ने

आँबुखैरेनी  :  तनहुँको आँबुखैरेनी गाउँपालिक १ स्थित आधिँमुल मन्दिरमा हरेक बर्ष ठूलो एकादशीका दिन लाग्दै आएको आँधिमुल एकादशी मेला यस पटक नलाग्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासका कारण यस बर्ष मेला आयोजना गर्न रोक लगाइएको हो ।
आँबुखैरेनी गाउँपालिकाले एक सुचना नजारी गर्दै यही मंसिर १० गते लाग्ने एकादशी मेला आयोजना गर्न रोक लगाउने निर्णय गरिएको जनाएको छ ।
सुचनालाई अवज्ञा गरि भीडभाड गरेको पाइएमा संक्रमण रोग एन् २०२० बमोजिम कारबाही गरिने जनाएको छ ।