नेपालको पहिलो केबलकार मनकामना केबुलकार २३ बर्षमा प्रवेश

नेपालको पहिलो केबलकार मनकामना केबुलकार २३ बर्षमा प्रवेश

गोरखा :  नेपालकै पहिलो केबलकार मनकामना केबलकार २३ बर्षमा प्रवेश गरेको छ । चितवनको चेरेश देखी गोरखाको मनकामना सम्म जोडने नेपालकै पहिलो केबलकार २३ बर्षमा प्रवेश गरेको हो । यो अवधिमा केबुलकारले १ करोड ५५ लाख भन्दा बढी यात्रुलाई सेवा दिएको छ ।

स्थापनादेखि नै यात्रुको सुरक्षा र विश्वस्तरीय मापदण्डमा सञ्चालित केबुलकारले यो अबधीमा १ करोड भन्दा बढी तिर्थ यात्री र पर्यटकलाई सेवा दिई सकेको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो । ‘हामी अझै यात्रुको सुरक्षा र विश्व स्तरीय मापदण्डका अन्य सेवाहरु सञ्चालनको तयारीमा छौ’ सञ्चालक श्रेष्ठले भन्नुभयो ।

केबुलकारले पछिल्लो समय नोबल कोरोना भाइरस ९कोभिड–१९०का कारण सर्व साधारणको सुरक्षालाई ध्यान दिदै ई टिकेटको समेत ब्यवस्था गरेको छ । फोन पे मार्फत समेत टिकटको पैसा तिर्न सकिने ब्यवस्था गरिएको मनकामना केबुल कारकार नायव महाप्रबन्ध उज्वल शेरचनले जानकारी दिनुभयो ।