२० जना बृद्धबृद्धालाई सिरक डसना बितरण

२० जना बृद्धबृद्धालाई सिरक डसना बितरण

आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिका ५ नं. वडा कार्यालयले आज (बुधबार) वडाका ७० वर्ष भन्दा माथिका २० जना बृद्धबृद्धालाई सिरक डसना बितरण गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नं. ५ का वडा अध्यक्ष पन्च बहादुर गुरुङ , वडा नं. २ का वडा अध्यक्ष कटक बहादुर थापा, वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, सूचना प्रविधि अधिकृत ई निरोज श्रेष्ठ, वडा नं. ५ का वडा सचिव निरुता गुरुङ, वडा नं. २ का वडा सचिव अपेक्षा श्रेष्ठ चुमान लगाएतको उपस्थितिमा ती बृद्धबृद्धालाई सिरक डसना बितरण गरेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । सो वडाका ७० वर्ष भन्दा माथिका २० जना लक्षित समूह दलित, जेष्ठ नागरिक, चेपाङ, अपाङ्ग बृद्धबृद्धाहरुलाई १÷१ थान सिरक डसना वितरण गरिएको सूचना प्रविधि अधिकृत ई निरोज श्रेष्ठले जानकारी दिनुभएको छ ।