पिकअपभ्यान दुर्घटना अपडेट ः दुई जनाको श फेला

पिकअपभ्यान दुर्घटना अपडेट ः दुई जनाको श फेला

कुरिनटार :  बुधबार विहान त्रिशुली नदीमा पिकअप भ्यान खस्दा दुर्घटना भएका तीन मध्ये दुई जनाको शव फेला परेको छ ।
भ्यान भित्रबाट शव निकालिएको हो । चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ बर्षिया सुर्य के।सी र बर्ष ३३ की जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोलीले निकालिएको शिक्षालयका एसपी मुराली बस्नेतले जानकारी दिनुभयो ।
बर्ष १५ की जिनिसा रोक्का भने अझै वेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको एसपी बस्नेतले बताउनुभयो ।
प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ स्थित नाग्दी खोलाबाट बिहिबार विहान ५ः ३० बजे करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका थिए । मुकुन्द बहादुर रोक्का भने पौडिएर बाँच्न सफल भएका थिए । प्रहरीका अनुसार जीप चार जना सवार थिए ।