सन्दीप लामिछाने कोरोना मुक्त

सन्दीप लामिछाने कोरोना मुक्त

काठमाडौँ  :  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना मुक्त भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको जानकारी गराएका हुन् ।

बुधबार आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका सन्दीपलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइतबार हेम्स अस्पताल भर्ना भएका थिए । उनी १० दिनको सेल्फ आईसोलेनपछि कोरोना मुक्त भएका हुन्।