हेल्पकोडद्वारा सर्वशान्ति माविका विद्यार्थीहरुलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री सहयोग

हेल्पकोडद्वारा  सर्वशान्ति माविका विद्यार्थीहरुलाई स्वास्थ्य  तथा  शैक्षिक सामाग्री सहयोग

साथै विद्यार्थीहरुलाई कोभिड –१९ बाट बच्नका लागि सुरक्षाका सामाग्री पनि वितरण गरिएको थियो । अटोमेटिक सेनीटाइजर,सावुन, र स्टेशनरी सामान विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्का ,स्वास्थ्य प्रमुख बासुदेव सापकोटा, सह–संयोजक हरिदेवकोटा विद्यालय व्यवस्थापन समितका अध्यक्ष बासुदेव सिलवाल र प्रधानाध्यापक जोहन खरेल लगायतको उपस्थिती रहेका थिए । कार्यक्रम हेल्पकोड नेपालका विकास चेपाङले संचालन गर्नुभएको थियो ।


हेल्पकोड नेपालले सन् २०१६ देखि विद्यालय तथा समुदायमा शिक्षा स्वास्थ्य तथा जिविकोपार्जन सम्बन्धि विभिन्न खालका कार्यक्रमहर सञ्चालन गर्दे आईरहेको छ । हाल काठमाडौँ, चितवन, र मकवानपुर गरि तीन वटा जिल्लामा गुणस्तरीय शिक्षा सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस संस्थाले इच्छाकामना गाउँपालिकामा चार वटा वडा अन्तरगत ११ वटा विद्यालयमा पहिलो चरणमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरि हाल सन् २०१९ देखि २०२३ को पाँच बर्षे कार्यक्रमहरु यस इच्छाकामना गाउँपालिकासग समन्वय गरि संचालन गर्दै आईरहेको हेल्पकोड मुग्लिनका कार्यक्रम संयोजक शिला देवकोटाले बताउनुभयो ।


उहाँका अनुसार यस कार्य क्षेत्रमा हेल्पकोड नेपालले विद्यार्थीहरुलाई पोषाक, स्टेशनरी सामाग्री ,बालविकासका बालबालिकाहरुलाई पोषाक सहयोग, बालविकास व्यवस्थापनका सामाग्री सहयोग, विभिन्न बिद्यालयमा खानेपानी व्यवस्थापन तथा शौचालय मर्मत कार्यक्रम विभिन्न सचेतनामुलक तालिमहरु संचालन गर्दै आएका छन् ।