धादिङमा २ केजी गाँजासहित ३ जना पक्राउ

धादिङमा २ केजी गाँजासहित ३ जना पक्राउ

धादिङ :  गजुरी गाउँपालिकामा स्थित मलेखुमा २ केजी गाँजा सहित ३ जनालाई पक्राउगरिएको छ  ।  काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसको पछाडिको सिटमुनी कार्टुनमा र्‍यापिङ पेपरले बेरिएर लुकाइ छिपाइ ल्याएको २ केजी गाँजा फेला परे सँगै प्रहरीले सिद्धलेक गाउँपालिकाका सुदिप विक, गाडी चालक त्रीपुरासुन्दरीका ४० वर्षिय गुभाजु र दाङ लमही सह चालक २१ वर्षिय गाहा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।