कुख्यात राजपुर बमकाण्डका नाइके आलमका भाई पनि समातिए

कुख्यात राजपुर बमकाण्डका नाइके आलमका भाई पनि समातिए

काठमाडौं :  प्रहरीले कुख्यात राजपुर हत्याकाण्डमा संलग्न अफताब आलमका भाई महताफ आलमलाई पक्राउ गरेको छ। हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका अफ्ताब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हुन्‌।

वि।सं। २०६४ चैत २७ गते संविधान सभाको अघिल्लो दिन चुनाव भाँड्ने प्रयोजनका लागि अफताबकै निर्देशनमा उनका काका शेख इद्रिसको गोठमा बनाइएको बम विस्फोट भएको थियो।