चितवनको इच्छाकामना गाउँपालिकाद्वारा १० वेडको कोरोना अस्पताल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाद्वारा १० वेडको कोरोना अस्पताल निर्माण

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले १० वेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ। गाउँपालिकाले चिकित्सक र नर्सको सुविधा व्यवस्था सहित २४ सैं घण्टा सञ्चालनमा ल्याउने गरी अस्थायी कोरोना अस्पतालको निर्माण गरेको हो।
अस्पताल सञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो। सापकोटाका अनुसार गाउँपालिकाको कोरोना कोषको करिब साढे १२ लाख रुपैयाँको लागतमा १ जना चिकित्सक र २ जना नर्सिङ स्टाफ सहित सुविधा सम्पन्न अस्थायी कोरोना अस्पताल निर्माण गरिएको हो।
अस्पतालमा अक्सिजन सहितको न्युनतम चिकित्सकिय सुविधा उपलब्ध हुनेछ भने २४ सैं घण्टा चिकित्सक र नर्सको निगरानीमा कोरोना संक्रमित विरामीको उपचार हुनेछ।
यसैबिच हाल इच्छाकामना गाउँपालिकामा २ जना मात्र सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य शाखा सह– संयोजक तथा केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङका कोर्डिनेटर हरि देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना संक्रमित होम आइसोलेसनमै रहेका छन् । गाउँपालिकामा हाल सम्म ३६ जना संक्रमित भएका छन् ।