फेरिने मनहरु

फेरिने मनहरु

ओहो यो गाउँमा कत्ति धेरै रिस, कत्ति धेरै कुरा काट्ने

केही उन्नति प्रगति गरेको कसैलाई सहनै नहुने

म जमिन्दार ,श्री फलानाको छोरा,

नाति मलाई के को नपुग्ने छ र यो सबै सहेर बस्ने?

अब मैले केही गरेर अनि शहर पसेर केहि गर्ने छु

दुई चार विगाहा जमीन बेचेर शहर छिर्ने छु

४,५ आनाको जग्गा र घर पुगे एउटा सानो गाडि किन्ने छु

अनि त्यो जाबो गाउँ चटक्कै भुल्नेछु र आनन्द को महसुस गर्नेछु।

कहिले काँही वर्षमा २/४ पल्ट गाउँ आउँछु ।

चोक र समुहमा भन्ने गर्छु ,बस्न त शहरमै हो मज्जा

ठुला बढा उच्च धनाढ्य व्यापारीहरूसंगको संगत न कसैले रिस राग न कसैले कसैको चियोचर्चा।

जब उमेर ढल्किँदै गयो, गएपछि लाग्न थाल्यो

शहरको झिलिमिली फिक्का अनि सुनसान बिस्तारै बिस्तारै शहरले मलाई पोल्न – पोल्न थाल्यो

सपनाहरुमा गाउँ र बालापनका तस्बिरहरु घुमिरह्यो

अब मैले गाउँ फर्कने निर्णय गरे ,

सबै सग माफी मागेर जत्ति नै जुधे कुरा काटे पनि गाउँकै माया पवित्र र न्यानो

शहरमा कसैलाई कसैको वास्ता छैन जोसुकैको संङ्गत गरे पनि

गाउँमा त्यसै रमाइलो छ जति झगडा र जुधे पनि।

प्रकाश सिलवाल

प्रोपाइटर शोभा होमवेयर्स इच्छाकामना-४ कुरिनटार