इच्छाकामना गापा र भुमि सम्बन्धी समस्या समाधान आयोगबिच भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न हस्ताक्षर

इच्छाकामना गापा र भुमि सम्बन्धी समस्या समाधान आयोगबिच भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न हस्ताक्षर

इच्छाकामना  : भुमि सम्बन्धी समस्या समाधान आयोग र इच्छाकामना गाउँपालिकाले आज एक समारोहकाबीच इच्छाकामना गाउँपालिकामा रहेका भूमिहिन दलित,भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । भुमि सम्वन्धी समस्या समाधान आयोगका पदाघिकारी एवं गापा अध्यक्ष गिताकुमारी गुरूङ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठको उपस्थितिमा भुमि सम्बन्धी समस्या समाधान आयोगका उपसचिव वसन्त प्रसाद पन्थी र ईच्छाकामना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। यस समझदारीबाट ईच्छाकामना गाउँपालिकामा रहेका करिब २ हजार ३०० सयको हाराहारीमा रहेका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन हुने कार्य अघि बढ्नेछ।गाउँपालिकाले छिटै भुमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय खोल्नेछ। यसका लागि वडास्तरीय समिति र पालिकास्तरिय समिति पनि गठन हुने प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो।